arrow

माछापुच्छ्रे बैङ्कले ल्यायो स्मार्ट डलर कार्ड

logo
प्रकाशित २०७७ चैत १३ शुक्रबार
mbl-usa-dollar-card.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार माछापुच्छ्रे बैङ्क लिले एमबिएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ। माछापुच्छ्रे बैङ्कमा खाता भएका ग्राहकहरूले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।

उक्त कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन भुक्तानी गर्न सकिने छन्। आफ्नो कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबर को कारोबार गर्न सकिने बैङ्कले जनाएको छ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्कले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तै मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइन मार्फत खाता एवं मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहक माझ ल्याइसकेको छ।



नयाँ