arrow

आफन्त बितेको वर्ष विवाह गर्न मिल्छ कि मिल्दैन ?

logo
प्रकाशित २०७७ चैत १३ शुक्रबार
marrige.jpg

काठमाडौँ । घर परिवारमा कसैको मृत्यु भएको छ भने हामी एक वर्षसम्म कुनै पनि शुभ कर्म गर्दैनौ ।  कुनै निकट सम्बन्धी जस्तै कसैको आमा अथवा बाबा तथा आफन्तको अकस्मात् निधन भएमा, विवाह गर्ने नगर्ने दुबिधा हुने गरेको छ । यसमा हामीले त्यस्तो परिस्थितिमा हुने दुबिधा निराकरणको लागि निम्नलिखित आध्यात्मिक दृष्टिकोण राखेका छौँ ।

निकट सम्बन्धीको मृत्यु भएमा न्यूनतम एक वर्षसम्म विवाह समारोहको योजना नबनाउनु उचित हुन्छ ।  किन कि कुनै निकट सम्बन्धीको मृत्यु भएपछिको समयलाई अशुभ मानिन्छ । यसको कारण यस्ता छन् ।

 मृत्युको समय तथा मृत्युपछि तमोगुणमा वृद्धि हुन जान्छ । जसको मृत्यु भएको छ, उसको अपूर्ण इच्छाहरूको कारण उसको आशक्तिसँग सम्बन्धित शक्तिशाली स्पन्दन उ जहाँ रहन्थे, त्यो घरमा रहन्छ ।

पैतृक घर मृत व्यक्तिको सूक्ष्म देहले प्रभावित हुन्छ । यदि विवाह हुन लागेको बेहुला बेहुली अन्य देशमा रहन्छन् भने पनि मृत व्यक्तिको साथ कार्मिक सम्बन्ध भएको कारण उनी तथा उनको घर प्रभावित हुन्छ ।

आध्यात्मिक अनुसन्धान यो दर्शाउॅंछ कि त्यस्तो व्यक्ति जसको साथ हाम्रो अत्यधिक भावुक सम्बन्ध छ जस्तै हाम्रो घनिष्ठ मित्र, उनी हाम्रो निकट सम्बन्धीको परिभाषामा आउँदैन ।

यस्तो समयमा, यदि विवाह एक वर्ष भित्र भयो भने नव विवाहित दम्पतीलाई परिवारमा नै अटकि रहेको मृत पूर्वजबाट कष्ट हुन सक्छ । यसको अतिरिक्त, मृत पूर्वजको सूक्ष्म-देह यदि कुनै आध्यात्मिक कष्ट  जस्तै भूत वेशद्वारा पीडित थियो भने विवाहमा सम्मिलित हुने सबै व्यक्तिहरूलाई आध्यात्मिक कष्ट हुन सक्छ ।

त्यसैले, निकट सम्बन्धीको मृत्यु भएको एक वर्षसम्म विवाह अथवा अन्य कुनै शुभ कार्यक्रमको आयोजना नगर्नु नै उचित हुन्छ ।
निकट सम्बन्धीको मृत्युबाट हानिकारक प्रभाव अल्प गर्नका लागि नियमित साधना गर्नु नै श्रेयस्कर हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ