arrow

निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म लगानी आकर्षित नहुने : अध्यक्ष गोल्छा

महासङ्घको वस्तुगत परिषद् विस्तार

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
fncci-commodity-council.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठक परिषद्का सभापति एवं महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ। परिषद्को पहिलो बैठकले परिषद्को उप–सभापतिहरूमा अरनिको राजभण्डारी, सुनिल गोपाल श्रेष्ठ र सुरेन्द्र भाइ शाक्यलाई चयन गरेको महासङ्घको वस्तुगत परिषद्ले जनाएको छ।

त्यसै गरी परिषद्को सदस्यहरूमा नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, सुमित कुमार केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनिषलाल प्रधान, प्रकाश सिंह कार्की, हेमराज ढकाल, विष्णु प्रसाद गैरे, संदिपकुमार अग्रवाल, गोविन्द ढुङ्गेल, सुबोध कुमार गुप्ता, आकाश अधिकारी, राम बहादुर श्रेष्ठ, बच्चु पौडेल, रविन पुरी, लिलेन्द्र प्रसाद प्रधान र रितेस लामिछाने रहेका छन्।

परिषद्को विशेष आमन्त्रितहरूमा दीपकप्रसाद दाहाल, शारदा रिजाल, भूपेन्द्र प्रसाद गौतम, अशोक शर्मा, रविन श्रेष्ठ, सूर्य बहादुर मगर, दीपक पाण्डे, दुर्गा विक्रम थापा, गोकुल भण्डारी, कुमार कसजु श्रेष्ठ, मृगेन्द्र मेहर श्रेष्ठ, रवि सिंह, राजकुमार कार्की, सरोज काजी तुलाधर, शङ्कर खड्का, श्रीराम अधिकारी, सिताराम रेग्मी, स्वयम्भू कृष्ण श्रेष्ठ, टिकाराम पोखरेल, सुनिल कुमार धानुका(वंशल), सुवाष भण्डारी, रामकृष्ण श्रेष्ठ, मनोज अधिकारी, चन्द्र प्रसाद न्यौपाने, श्याम सुन्दर ढकाल, महेन्द्र बहादुर चित्रकार, कमलराज अधिकारी, रामेश्वर शाह, मणी देव भट्टराई, विष्णु बहादुर कार्की, हरिहर फुयाँल, इन्द्र खनाल र स्वर्ण ताम्राकार छन्।

त्यसै गरी अनुपबहादुर मल्ल, विप्लवमान सिंह, राजन शर्मा, शिव प्रसाद घिमिरे, उदय चापागाईँ, मोहनकुमार सुनार, रमेश प्रसाद श्रेष्ठ, देवदास मानन्धर, राजेन्द्र घिमिरे, डा. हेमन्त दवाडी र रितेस रिमाल परिषद्मा सल्लाहकारमा मनोनीत भएका छन्।

परिषद्को पहिलो विस्तारित बैठकमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले परिषद्मा विभिन्न जिम्मेवारीमा मनोनीत भएकाहरूलाई महासङ्घको तर्फबाट पत्र हस्तान्तरण गरे। कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष गोल्छाले वस्तुगत सङ्घहरू महासङ्घको “ब्रेन” को रूपमा रहेको बताए। महासङ्घ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत सङ्घहरूबाट महत्त्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको उनले  बताए।

महासङ्घको भिजन पेपर आगामी चैत्र २८ बाट सार्वजनिक गरिने र भिजन पेपरले दिएका सुझावहरूको कार्यान्वयनका लागि एक संयन्त्र बनाइने जानकारी गराए। निजी क्षेत्रले सधैँ सतही सुझाव मात्र दिन्छन् भन्ने आरोपलाई भिजन पेपरले गलत साबित गरिदिने उनले बताएका छन्। अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने पनि दाबी समेत गरे।

महासङ्घ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको भन्दै हाम्रो मुख्य थिम नै “सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल” रहेकाले सिङ्गो निजी क्षेत्रले यसलाई अपनत्व लिनु पर्नेमा जोड दिए। महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले परिषद् मार्फत क्षेत्रगत विषयमा छलफल चलाई वस्तुगत सङ्घहरूका समस्या समाधानमा परिषद्लाई सफलता मिल्दै जाओस् भनेका छन्।

परिषद्का सभापति अञ्जन श्रेष्ठले सबै वस्तुगत सङ्घहरूका समस्या, गुनासा, सुझावहरूलाई परिषद् मार्फत सङ्कलन गरी त्यसको समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

परिषद्को पहिलो बैठकबाट
१. परिषद्का काम कर्तव्यलाई प्रभावकारी बनाई कार्य गर्न उद्योग, सेवा, कृषि लगायतका महत्त्वपूर्ण क्षेत्रलाई समेट्ने गरी विभिन्न उपसमूह बनाई कार्य गर्ने,
२. वस्तुगत सङ्घहरूबाट क्षेत्रगत रूपमा सुझाव सङ्कलन गरी सरकारमा पेस गर्न छिट्टै एक वृहद छलफल कार्यक्रमको आयोजना गर्ने र
३. परिषद्का आगामी कार्य योजनाहरू छिट्टै तयार गर्ने निर्णय समेत भएको छ।

परिषद्ले मुलत वस्तुगत सदस्य सङ्घहरू बीच समन्वय एवं समझदारी कायम गर्ने, आफ्ना वर्गका सदस्यहरूको समस्या पहिचान गरी तिनीहरूको समाधानका उपायहरू खोजी कार्यकारिणी समितिमा प्रस्तुत गर्ने, आफ्नो वर्ग र क्षेत्र सँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्ने तथा त्यसबाट प्राप्त निष्कर्ष तथा सुझावहरू कार्यान्वयनको लागि पेस गर्ने लगायतका कार्यहरू गर्ने कुरा महासङ्घको विधानमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ