arrow

लिबियामा समयमै आमनिर्वाचन सम्पन्न गर्न युरोपको आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७७ चैत १४ शनिबार
libya-map.jpg

त्रिपोली। लिबियालाई समयमै निर्वाचन सम्पन्न गर्न युरोपका तीन देशका विदेश मन्त्री हरूले आग्रह गरेका छन्। उनीहरूले संयुक्त राष्ट्रसङ्घ को सहमतिमा लिबियामा हालै मात्र गठन भएको नयाँ सरकारलाई समयमै आम निर्वाचन गराउन आग्रह गरेका हुन्।

उनीहरूले यो सरकारको काम नै आगामी डिसेम्बरमा आम निर्वाचन सम्पन्न गराउने रहेको छ भन्दै सोही समयमा चुनाव गर्न आग्रह गरेका हुन्। लिबियाको अवस्थामा सुधार ल्याउनका लागि संयुक्त राष्ट्रसङ्घ को सहमतिमा यो नयाँ सरकार निर्माण भएको हो। यस सरकारले आगामी डिसेम्बर २४ का लागि आम निर्वाचन आह्वान गरेको छ।

लिबियाको राजनीतिक अवस्थाले अरू पनि छिमेकी देशहरूको अराजनीतिक अवस्थामा असर गर्ने भन्दै सो निर्वाचन समयमै सम्पन्न गराउनका लागि यो सरकारले पहल गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्।

लिबियाको राजधानी त्रिपोलीमा गत बिहीबार तीन ओटा युरोपेली देशका विदेश मन्त्रीहरू इटालीका विदेश मन्त्री लुइगी डि माइयो, फ्रान्सेली विदेश मन्त्री जिन युभास लि ड्रियाना र जर्मनीका हाइको मास त्रिपोली पुगेका थिए।

शुक्रवार उनीहरूले लिबियाको अहिलेको अवस्थामा युरोपेली देशहरूले के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गरेका थिए। लिबियाको आगामी आमनिर्वाचनका विषयमा उनीहरूले लिबियाका प्रधानमन्त्रीसँग आवश्यक छलफल पनि गरेको बताइएको छ।

प्रधानमन्त्रीसँगको सो भेटका क्रममा तीन युरोपेली देशका विदेश मन्त्री हरूले लिबियाले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै यसका लागि लिबियालाई युरोपले सहयोग गर्न चाहेको पनि बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ