arrow

अस्पतालले नै स्वास्थ्य मापदण्डको उल्लंघन गरेपछि 

logo
किरण न्यौपाने,
प्रकाशित २०७७ चैत १६ सोमबार
times-hospital-morang.jpg

रंगेली । कोरोनाको दोस्रो लहर देखिने चिन्ता थपिँदै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेला, जमघट र भीडभाड हुने गतिविधि नगर्न अनुरोध गर्दासमेत स्थानिय तहमा त्यसको पालन हुने गरेको छैन ।

 छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोरोनाको जटिल समस्या देखिएपछि सरकारले उच्च सर्तकता अपनाउने बताउँदै आएको छ । तर स्थानिय तहमा रहेका विभिन्न संघ संस्था र पार्टीले भने ठाडै उल्लंघन गरेका छन् । अझ स्वास्थ्य क्षेत्रकै संस्थाले समेत लापरवाही देखाएको पाइएको छ । 

रंगेली नगरपालिका ७ स्थित रहेको टाइम्स हस्पिटलले स्वास्थ्य मन्त्रालयको मापदण्डलाई चुनौती दिँदै शनिवार मोरङको रतुवामाई नगरपालिका ३ मा करिब २ सय जना बढी स्थानियको जमघट गरेर शिविर आयोजना गरी लापरवाही देखाएको हो । 

निःशुल्क शिविरमा स्वास्थ्य मापदण्डसमेत पूरा नगरी बिरामीको स्वास्थ्य जाँच गरिएको छ । रंगेलीमा उपचारको बाहनामा सेवाग्राही बाट महंगो शुल्क असुल्दै आएको गुनासो खेप्दै आएको टाइम्सले रतुवामाई नगरपालिकाको अनुमतिमै लापरवाही गरेको देखिएको छ । 

रतुवामाई नगरपालिका स्वास्थ्य संयोजक सन्तोश साह आफू एक सातादेखि कार्यालय नआएको र सोबारे आफूलाई थाहा नभएको भन्दै पन्छिएका छन् । 

यता शिविर आयोजना गर्न अनुमति पत्र सिफारिस गरेका रतुवामाई नगरपालिका प्रशासकीय प्रमुख दिनानाथ लम्सालले टाइम्स हस्पिटल स्वास्थ्य क्षेत्रकै संस्था भएकाले उनीहरुले मापदण्ड पूरा गरेरै गर्छन् भनी अनुमति दिएको भन्दै गैरजिम्मेवार जवाफ दिएका छन् ।  

यता टाइम्स हस्पिटलका व्यवस्थापक प्रमुख पारस मण्डलले नगरपालिकाकै अनुमतिमा शिविर आयोजना भएको र मापदण्ड बमोजिम शिविर गरेको जिकिर गरेका छन् ।

 साथै मोरङको रंगेलीमा भने राजनीतिक दलबाटै नियम मिचिएको छ । नेकपा एमालेले समेत शनिबार १ सय जना बढी मानिसलाई भेला गराएर पार्टी कार्यालयको उद्घाटन गरेको छ । 

सरकारमै सहभागी रहेको दलबाट लापरवाही देखिएको हो । सो सम्बन्धमा नेकपा एमाले रंगेली अध्यक्ष दलबहादुर बस्नेतले आफूहरु बाट कमजोरी भएको स्वीकार गर्दै अब नियम दायरमा मापदण्ड अनुसार गतिविधि गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ