- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। राष्ट्रिय स्तरको गरिमा विकास बैङ्कले समग्र बैङ्किङ प्रणालीमा बढ्दो इन्टरनेट फ्रर्ड बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक सञ्जालबाट एक महिना लामो “रहनुहोस् होसियार” नामक अभियान चलाइरहेको छ।
यस अभियान अन्तर्गत हरेक दिन यस बैङ्कले इन्टरनेट फ्रर्ड सम्बन्धित विभिन्न चेतना मूलक सामाग्रीहरू आफ्नो सबै सामाजिक सञ्जालबाट प्रकाशित गर्दै आइरहेको छ।
चिट्ठा परेको छ भन्दै बैङ्किङ विवरण मागेर मोबाइल बैङ्किङ मार्फत हुने ठगी र अरूलाई आफ्नो बैङ्किङ विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोस्ट, अडियो र भिडियो मार्फत बैङ्कले चेतनामूलक सूचना फैलाई रहेको छ।
यस अभियान अन्तर्गत गरिमा विकास बैङ्कको आइटी विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई नियमित रूपमा प्रशिक्षण समेत गरिरहेको छ।
हाल गरिमा विकास बैङ्क ३५ जिल्लामा १०६ शाखा कार्यालयहरू एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिँदै आइरहेको छ।