arrow

अध्यक्ष स्वयं अवैधानिक हुन, उनको निर्णय अस्वीकार गरिन्छ: भीम रावल 

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
bhim-rawal.jpg

काठमाडौं । एमाले नेता भीम रावलले पार्टीबाट निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय अस्वीकार गर्ने प्रतिक्रिया दिएका छन् ।

ओलीले सोमबार बरिष्ठ नेता माधवकुमार नेपाल र आफूलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णयप्रति असहमति जनाउँदै रावलले त्यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सोमबार साँझ सामाजिक संजालमार्फत ओलीको निर्णयलाई प्रतिक्रिया जनाउँदै रावलले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको महाधिवेशन आयोजक समितिका अध्यक्ष स्वयं अवैधानिक भएको दाबी उनले गरेका छन् । उनले भनेका छन्, ‘ओलीबाट गरिएको उक्त निर्णयको भर्त्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्दछु ।’

‘यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र स्वेच्छाचारी कुमृत्यु हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रति तावेदारी हो,’ रावलको प्रतिक्रिया छ ।

बरिष्ठ नेता माधवकुमार नेपालसहित रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे चार नेतालाई स्पष्टीकरण पत्र पठाएका ओलीले सोमबार वरिष्ठ नेता नेपाल र रावललाई निलम्बन गरेको जनाएका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ