arrow

पोखरामा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि 

logo
हरि पन्त,
प्रकाशित २०७७ चैत १७ मंगलबार
Gandaki-corona-province.jpg

पोखरा । पोखरामा मंगलवार थप २० जना कोरोना संक्रमित थपिएका छन् । जसमा १० जना महिला र १० जना पुरुष छन् । पोखरामा केहीअघि मात्रै सात जना सङ्क्रमित भेटिएका थिए । 

 गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज मध्यान्ह १२:३० बजे दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नं. १, ६, ८, ९, १३, २९, ३० र ३१ मा २० जना सङ्क्रमित भेटिएका हुन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार उनीहरू सबैको परीक्षण क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको हो । 

योसंगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ५५९ जना पुगेको छ भने कास्कीमा मात्रै आठ हजार २६६ जना सङ्क्रमित पुगेका छन् । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २०५ जना पुगेको छ जसमा कास्कीका मात्रै ११४ जना छन् । गण्डकी प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ३१२ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ