arrow

वर्तमान सरकार विधिको शासन विपरित चलिरहेको छ: देव गुरुङ

logo
प्रकाशित २०७७ चैत १८ बुधबार
dev-gurung-(2).jpg

काठमाडौं । माओवादी केन्द्रका नेता तथा सांसद देव गुरुङले वर्तमान सरकार विधिको शासन विपरित चलिरहेको आरोप लगाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै नेता गुरुङले सरकारमाथि संवैधानिक र कानुनी प्रश्न उठेको बताए ।

सरकारमाथि संवैधानिक प्रश्न उठिरहेको र सरकारका गतिविधिहरु संविधानको स्पिरिट विपरित रहेको धारणा राखे । उनले संविधानलाई असफल पार्न सरकार लागिरहेको आरोप लगाए । गुरुङले सदनलाई बिजनेस दिनुपर्ने सरकारको दायित्व भएपनि नदिएर संसदलाई पुन विघटन गर्न लागिरहेको त होइन भनेर प्रश्न गरे ।

उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले दल विभाजन गरिसकेको अवस्थामा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ