arrow

म्यानमारबारे सरकार बोलोस् : विपक्षी दल

logo
प्रकाशित २०७७ चैत १८ बुधबार
rajan_kc.jpg

काठमाडौं । म्यानमारमा लोकतन्त्र पक्षधर नागरिकहरुबाट भइरहेको प्रदर्शनमा सेनाबाट भइरहेको आक्रमणबारे बोल्न विपक्षी दलले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै प्रतिपक्षी दलका सांसदहरुले म्यानमारमा आन्दोलनरत नागरिक प्रति सेनाका तर्फबाट भइरहेको बर्बर दमनको विरोधमा नेपाल सरकारले ऐक्यबद्धतासहित आफ्नो धारणा दिनुपर्ने भनेका हुन् ।

संसद बैठकमा धारणा राख्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र जनता समाजवादी पार्टीका लक्ष्मणलाल कर्णले म्यानमारमा भइरहेको सैनिक दमनको विरोध सरकारी स्तरबाट प्रष्ट रुपमा हुनुपर्ने बताए ।

केसीले म्यानमारका जनताले निर्वाचित सरकारको पुनर्बाहाली र प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइ चाहेको भन्दै नेपाललेसमेत प्रजातन्त्रको पक्षमा एक्एबद्धता देखाउनुपर्ने बताए ।

यसैगरी जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले म्यानमारमा नागरिकमाथि सैनिक दमनको संसद र सरकारले खुलेर विरोध गर्नु पर्ने बताए । उनले मानवअधिकार र लोकतन्त्रको हत्या भएको प्रजातान्त्रिक मुलुकले हेरेर बस्न नहुने भनेका हुन् ।

म्यानमारमा जननिर्वाचित संसदलाई विस्थापित गरेर सेनाले शासन हातमा लिएको छ । सो कदमको विरोधमा म्यानमारी नागरिकले दैनिक रुपमा आन्दोलन चर्काइरहेका छन् । आन्दोलनका क्रममा हालसम्म ५ सय २० जना भन्दा बढीले ज्यान गुमाएका छन् भने हजारौं घाइते छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ