arrow

रेशम चौधरीलाई माफी दिइनु कानून र न्यायको अवहेलना : दुर्गा पौडेल

logo
प्रकाशित २०७७ चैत १८ बुधबार
durga-paudel-.gif

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले सरकार निर्माणका लागि बहुमत जुटाउन रेशम चौधरीलाई माफी दिइनु कानून र न्यायकै अवहेलना हुने बताएकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै पौडेलले चौधरीलाई माफी दिइनु कानून र न्यायको अवहेलना हुने र देशमा अत्यन्त नराम्रो नजिर स्थापित हुने बताइन् ‘टीकापुरमा दुई वर्षको बच्चालाई समेत गोली हानेर हत्या गरिएको थियो । यो अत्यन्त बर्बर, अमानवीय र जर्जर हत्या थियो ।  यसलाई राजनीतिक भनेर माफी दिनु सही हुनसक्दैन,’ उनले भनिन् ।

थारु समुदाय सदियौंदेखि उत्पीडित हुँदै आएकाले यस समुदायको मुक्ति आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको पनि बताइन् ।

पौडेलले घटनाका जिम्मेवार व्यक्तिमाथि कानुनअनुसार कडाभन्दा कडा सजाय हुनुपर्ने र मुद्दालाई गम्भिरतापूर्वक हेर्न सरकारको ध्यानाकर्षण पनि गराइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ