arrow

प्रभु बैङ्क र औषधी व्यवसायी सङ्घ लुम्बिनी प्रदेशबीच बैङ्किङ साझेदारी सम्झौता

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
prabhu-qr-code-pharmaceutical.jpg

काठमाडौँ। नेपाल औषधी व्यवसायी सङ्घ, लुम्बिनी प्रदेश र प्रभु बैङ्क लिमिटेडका बीच बैङ्किङ साझेदारी सम्झौता भएको छ। चैत्र २० गते भएको एक कार्यक्रम  उक्त सम्झौता भएको हो।

कार्यक्रममा आफ्ना मन्तव्य राख्दै नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयाँलले क्युआर कोड तथा डिजिटल बैङ्किङको महत्त्व तथा फाइदाहरू बारे जानकारी दिँदै औषधी व्यवसायीहरूलाई क्युआर कोड समेत वितरण गरेका थिए।

शुक्रवार लुम्बिनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोहबीच बैङ्कका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र सङ्घका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रमका बोल्दै अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैङ्क तथा व्यवसायी बीच सुमधुर सम्बन्ध हुनुका साथै व्यवसाय विस्तार तथा प्रवर्धनमा उल्लेख्य टेवा पुग्ने बताए।

बैङ्कका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल रानाले बैङ्कका विभिन्न सेवा सुविधाहरूको बारेमा प्रस्ट पारेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ