arrow

कुमारी बैङ्क स्थापना दिवसको अवसरमा वृक्षारोपण

logo
जीवन शर्मा,
प्रकाशित २०७७ चैत २१ शनिबार
kumari-bank-okhaldhunga.jpg

ओखलढुङ्गा। कुमारी बैङ्क ओखलढुङ्गाले वृक्षारोपण गरी २० औ वार्षिक उत्सव मनाएको छ। बैङ्कको ओखलढुङ्गा शाखाले कमेरेडाडा स्थित खानेपानी ट्याङ्की वरिपरि वृक्षारोपण गरेको हो। सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न कार्य गर्दै आएको बैङ्कले वार्षिकोत्सवको अवसरमा खानेपानी ट्याङ्की वरिपरि वृक्षारोपण गरिएको कुमारी बैङ्क ओखलढुङ्गा शाखा प्रबन्धक धनबहादुर भाटले जानकारी दिए।

वार्षिकोत्सवको अवसरमा बैङ्कले खानेपानीको ट्याङ्की संरक्षण गर्ने उद्देश्यकारसाथ वृक्षारोपण गरेको जनाएको छ। वृक्षारोपण पश्चात् ओखलढुङ्गा सदरमुकामका  ९ सय ६८ उपभोक्ताले उपभोग गर्दै आएको २० हजार लिटरको खानेपानी ट्याङ्की संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको ओखलढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पूर्ण कुमार श्रेष्ठले बताए।

देशभरका २ सय शाखाहरूमा आज यस्तै विविध कार्यक्रम गरी बैङ्कले वार्षिकोत्सव मनाएको ओखलढुङ्गा शाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ