- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सांसद लक्ष्मी परियारले सरकारले प्रशंसनीय काम नगरेकाले रोइलो गरिरहनु आवश्यक नभएको बताएकी छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले ‘सरकारको प्रशंसा गर्नुपर्यो किन नगरेको भनेर’ सरकारका सांसदहरुले भनिरहेको भएपनि प्रशंसा गर्ने काम नगरेको बताइन ।
‘जनता आक्रोशित हुने काम सरकारले गरेकाले प्रशंसा गर्न सकिदैन, रोइलो बन्द गर्नुहोस हामी कसैको मृत्युमा हाँस्न सक्दैनौं,’उनले भनिन् ।
उनले इलाम नगरपालिकाका मेयरले दलित बस्ती उजाड्न खोजेको आरोप लगाइन । उनले इलाम भीमसेनस्थान मन्दिर क्षेत्रमा रहेको दलित बस्तीमा रहेका व्यक्तिको धनीपूर्जा भएको नम्बरी जग्गा जग्गाधनीलाई कुनै सोधखोज नै नगरी घरबारवीहिन बनाएको आरोप लगाइन । उनले भनिन्, ‘यो सरकार गरिब, निमूखाप्रति अनुदार छ, यस्तो गुन्डागर्दी बन्द गरियोस ।’