arrow

कोरोना संक्रमणः नेताहरुलाई थुन्न भएन के गर्ने– हृदयेश त्रिपाठी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
hridesh-tripathi.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको महामारीमा सबैले हेलचेक्रयाइ गरेको बताएका छन् । उनले सरकारदेखि जनतासम्म सबैले हेलचेक्रयाइ गरेको बताएका हुन् । 

उनले संसदमा समेत नेताहरुलाई भीडभाड नगर्न आग्रह गर्दासमेत जनता भेला गरेर भाषण गरेको भन्दै नेताहरुलाई थुन्न भएन के गर्ने भनी उल्टै प्रश्न गरेका छन् । 

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा नेताहरुलाई सम्झाए पनि आफूले नसकेको मन्त्री त्रिपाठीले बताए । उनले कोरोनाको बेलायती भेरियन्ट निकै खतरनाक भएको भन्दै सचेत नभए धेरै नै जटिल अवस्था आउने बताए । 

बेलायती भेरियन्टले युवा तथा बालबालिकालाई बढी नै असर पारेको छ । पछिल्लो समय बढेका संक्रमितमा युवाहरु नै बढी छन् । 

मन्त्री त्रिपाठीले सबै सचेत नहुने हो भने फेरि लकडाउन गर्नुपर्ने अवस्था आउने बताएका छन् । 

विद्यालय, क्याम्पसहरुमा अनलाइनमार्फत कक्षा लिने अवस्था हुने पनि उनले बताएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ