arrow

वर्ल्डलिंकको ‘हर्षको नयाँ वर्ष’अफर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
wlink-new-year-2078.jpg

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँ वर्ष’अफर सार्वजनिक गरेको छ। कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा सहित ‘हर्षको नववर्ष’ अफर ल्याएको कम्पनीले जनाएको छ। जसमा  ग्राहकहरूले बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिएको खण्डमा ६२ प्रतिशतसम्मको छुट पाउन सकिने कम्पनीले जनाएको छ।

बाह्र महिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेज मध्ये एक मात्र लिँदा ग्राहकहरूले बाह्रै महिना नेट टिभीको सेवा नि:शुल्क र तीन महिना नेट टिभी प्राइम प्याकेज पनि प्राप्त गर्न सकिने छ। त्यस्तै वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैँमा उपलब्ध गराउनेका साथै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेट अप बक्स पनि नि:शुल्क प्रधान गरिने कम्पनीको विज्ञप्ति उल्लेख गरिएको छ।

‘नयाँ वर्ष उत्सवको समय भएकाले हामी आफ्ना नयाँ तथा पुराना ग्राहक हरूलाई सामान्यतः शुल्क लाग्ने सेवाहरूमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउनुहोस् भन्ने चाहन्थ्यौँ,’ वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, ‘हाम्रा प्रिय ग्राहकहरूको खुसीका लागि हामी निरन्तर क्रियाशील रहिआएका छौँ।’

यही सचेतताका कारण, ग्राहकहरू आफ्ना घरबाहिर पनि अनलाइन रहन सक्नुहोस् भनी हामीले नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेका छौँ। उनले भने। 



नयाँ