arrow

नेपालद्वारा भारतलाई खरिद गरिसकेको खोप उपलब्ध गराइदिन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
pradeep-gyawali-jayashaker1.jpg

काठमाडौं । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच शुक्रवार फोन वार्ता भएको छ । वार्ताका क्रममा दुवै पक्षले कोभिड१९ को महामारी विरुद्ध लड्न तीव्र प्रयास गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले वार्ताका क्रममा नेपालले खरिद गरेको तर नेपाल नआइपुगेको खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् । भारतीय विदेश मन्त्री जयशंकरले कोभिड१९ को महामारीविरुद्ध लड्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र श्रोतले बताएको छ ।

नेपालले भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज आउन बाँकी छ । नेपालमा दोस्रो चरणमा खोप लगाएकाहरुलाई दोस्रो डोज यो खोपको मात्रा जेठको अन्त्यसम्म आवश्यक पर्नेछ ।

अहिले भारतमै खोपको अभाव भएर थुप्रै राज्यहरूले खोप अभियान स्थगित गरेका छन् । विश्वभर खोप अभाव बढ्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ