arrow

ओली सरकार राष्ट्रवादी छ भन्नु भ्रम मात्र हो : युवा सङ्घ नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २८ शनिबार
youth-uml-nepal.jpg

काठमाडौँ। शुक्रवार राष्ट्रपतिबाट पदक वितरण समारोहमा सार्वजनिक गरिएको नेपालको नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा नसमेटिएको भन्दै युवा सङ्घ नेपालले आपत्ति जनाएको छ।

एमालेको खनाल–नेपाल पक्षधर सङ्घका अध्यक्ष नरेश साहीले विज्ञप्ति जारी गर्दै ओली सरकार राष्ट्रवाद छ भन्नु भ्रम मात्र हो भनेका छन्। ‘नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने भनेर नेपाली जनतालाई झुक्क्याउने कुरा गरेता पनि त्यो सत्ता टिकाउने भ्रम मात्र हो भन्ने कुरा प्रकाशन भइसकेको पुस्तक वितरणमा रोक लगाउने, परराष्ट्र मन्त्री भारत पठाई भारतले भने अनुसार नक्सा जारीको प्रतिज्ञा गर्ने र महाकालीको छेउमै पुगेर नक्साका विषयमा नबोल्ने कुराले प्रस्ट पार्दछ, ओलीमा राष्ट्रवाद भन्नु भ्रम मात्र हो’, विज्ञप्तिमा भनिएको छ।

उक्त विषयलाई लिएर राष्ट्र र राष्ट्रियताका लागि एकचोटी फेरि राष्ट्रघाती सरकारविरुद्ध एकजुट हुन आब्हान गर्दै सङ्घले देशभर विरोध प्रदर्शन गर्न निर्देशन पनि दिएको छ। सङ्घले यस्ता राष्ट्र विरोधी कार्य सच्याउन र नदोहोर्‍याउन पनि आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ