arrow

माओवादी केन्द्रको संसदीय दलको नेतामा साह

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
maoist-cpn.jpg

धनुषा । प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन् ।

तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डललाई चयन गरिएको थियो तर पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मण्डल प्रधानमन्त्री ओलीको खेमामा लागेकोले अहिले भरत साहलाई दलका नेताका रुपमा चयन गरिएको प्रमुख सचेतकमा चुनिएका दिलीप साहले जानकारी दिए ।

ओली समूहमा लागेका मण्डलसहित चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत पेरिसडाँडा बैठकले गरेको प्रमुख सचेतकमा चुनिएका साहले जानकारी दिए । मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो. समीर अन्सारी ओली खेमामा लागेका छन् ।

उनीहरु चार जनालाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारीसमेत पार्टीले गरेको सचेतक साहले जनाए । प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ