arrow

‘द फर्न’ भारतको सर्वाधिक ठुलो चेन होटेल

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
fren-residency-rahul-chaudhary.jpg

काठमाडौँ। सीजी हस्पिटालिटी अन्तर्गतको ‘द फर्न होटेल्स एन्ड रिसोर्टस’ सन् २०२० मा भारतको सर्वाधिक ठुलो हस्पिटालिटी सेवा प्रदायक घोषणा भएको छ। एचभीएस एनारकद्वारा प्रकाशित ‘इन्डियन हस्पिटालिटी ओभरभ्यु २०२०’अनुसार ‘द फर्न’ले गत वर्ष भारतमा सबैभन्दा धेरै व्यवसाय विस्तार गरेको छ। सन् २०१९ मा पनि ‘द फर्न’ पहिलो थियो। सीजी कर्प ग्लोबलको सदस्य कम्पनी सीजी हस्पिटालिटीले होटेल तथा रिसोर्ट सञ्चालन गर्छ।

एचभीएसले गत वर्ष भारतीय होटेल व्यवसायमा आएको उतारचढावबारे पनि अध्ययन गरेको छ। कोरोना महामारीका कारण विश्वभर व्यापार–व्यवसायले घाटा बेहोरे पनि भारतीय होटेल व्यवसाय क्षेत्रमा केही प्रगति देखिएको छ। दर्ता सङ्ख्याका आधारमा गत वर्ष त्यहाँ होटेल व्यवसायमा वृद्धि भएको छ। मध्यम स्तरका होटेल दर्ता तथा सम्झौताका कारण समग्र बजारमा सुधार देखिएको हो। ठुला होटेलले पनि अघिल्लो वर्षभन्दा उल्लेख्य प्रगति गरेका छन्।

मध्यम स्तरका होटेल भारतमा बढी रुचाइन्छन्। सन् २०२० मा उपलब्ध कोठा सङ्ख्याका आधारमा यस्ता होटेलले ४१ प्रतिशत हिस्सा ओगटेका छन्, जहाँ ठुला होटेलको हिस्सा ३७ प्रतिशत छ। विलासी र सामान्य होटेलको हिस्सा ११–११ प्रतिशत छ।

एचभीएसको अध्ययन अनुसार व्यवसाय विस्तारमा ‘द फर्न’पछि म्यारियट, सरोवर होटल्स, आईएचसीएल र इन्टेली स्टे छन्। कोठा सङ्ख्याका आधारमा भने ‘द फर्न’ तेस्रो नम्बरमा छ। आईएससीएलले सर्वाधिक कोठा सङ्ख्या विस्तार गरेको छ। दोस्रो नम्बरमा विन्धाम होटेल्स छ। सन् २०२० मा भारतभर ४,५३७ होट कोठा थपिएका छन्।

सीजी हस्पिटालिटीले कन्सेप्ट हस्पिटालिटी प्रालि सँगको सहकार्यमा होटेल विस्तार र सञ्चालन गर्दै आएको छ।

“भारतकै ठुलो चेन हुन पाउनु गर्वको कुरा हो, यसले हामीलाई उत्साहित बनाएको छ,” कन्सेप्ट हस्पिटालिटी प्रालिका सिइओ सुहेल कन्नामपिली भन्छन्, “व्यवसायप्रति हाम्रो समर्पण र आबद्ध सबैको परिश्रमले हामीलाई यहाँसम्म पुर्‍याएको हो। अझै धेरै गर्ने हौसला मिलेको छ।”

सन् २०२१ मा विभिन्न स्थानमा थप १३ वटा होटेल खोल्ने योजना कम्पनीको छ। यससँगै फर्नको चेन सङ्ख्या ८७ पुग्नेछ। ती १३ होटेलमा १,१५६ कोठा थपिएपछि ‘द फर्न’को कुल कोठा सङ्ख्या ५,२१७ पुग्नेछ।

वर्षको सुरुवातमै ‘द फर्न’ले नयाँ सहरहरू जबालपुर, जुनागढ, मुसोरीसँगै उत्तरपूर्वी भारतको गान्तोक (सिक्किम)मा होटेल विस्तार गरिसकेको छ।

एचभीएसको अध्ययन प्रतिवेदनमा प्रतिक्रिया दिँदै सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले यसबाट आफूहरू अत्यन्त उत्साहित भएको बताए। “हामीले लामो समयदेखि भारतमा व्यवसाय विस्तार गरिरहेका छौँ, त्यसको प्रतिफल अहिले पाएका हौँ,” उनले भने, “यद्यपि पोहोर साल सम्पूर्ण विश्व विभिन्न खाले अवरोधबाट गुज्रियो। त्यस्तो जटिल अवस्थामा पनि हामी सुस्ताएनौँ। सुदूर भविष्य हेरेर काम गरिरह्यौँ। यही उमङ्गले हामीलाई पहिलो स्थानमा पुर्‍याएको हो।”

दिगो पर्यटन र पर्यावरण–संवेदनशील दर्शनमा टेकेर सीजी हस्पिटालिटीले विश्वभर व्यवसाय विस्तार गरिरहेको चौधरीले बताए। यही मर्म बोकेर हिँडिरहँदा २०० भन्दा बढी राष्ट्रिय, अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ