- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरमा संक्रमणको गति तीव्र भइरहेको छ । दोस्रो लहरमा देखिएको नयाँ भेरियन्टको कोरोनाले मानिसको फोक्सोलाई सात दिनको सट्टा तीन दिनमै संक्रमित बनाउने पाइएको छ ।
पहिले ७ दिनमा फोक्सोमा असर गर्दै आएको कोरोनाले अहिले तीन दिनमै ५० देखि ७० प्रतिशतसम्म संक्रमित बनाउँदै गएको पाइएको हो । विशेषज्ञहरुका अनुसार संक्रमणको गति अहिले निकै नै तेज भइरहेको छ ।
कोरोनाको नयाँ स्ट्रेनले २ देखि ३ दिनमै फोक्सोलाई ७० प्रतिशतसम्म संक्रमित बनाइदिन थालेको हो । आरटी पीसीआरको रिपोर्ट वा सीटी स्क्यानको रिपोर्ट आउन २४ देखि ३६ घण्टा लाग्दै आएकामा उक्त समयसम्म कोरोनाले फोक्सोमा संक्रमण गरिसक्ने चिकित्सकहरुले बताएका छन् ।
पछिल्लो समय संक्रमितको ज्यान सजिलै गइरहेको विश्लेषण गरिनुको पछाडि दोस्रो लहरको कडा खाले कोरोना संक्रमण भएको चिकित्सकहरुको निष्कर्ष छ ।
छाती रोग विशेषज्ञहरुका अनुसार २० वर्षसम्म दैनिक २ देखि ३ वटा चुरोट पिउँदा कोरोनाले जति नोक्सान गर्छ त्यत्ति नै नोक्सान कोरोनाले २–३ दिनमै गराएको छ ।