arrow

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा महासेठ विजयी

logo
निरंजन कुमार साह
प्रकाशित २०७७ चैत ३० सोमबार
Janakpur.jpg

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी जितेन्द्र महासेठ र वरिष्ठ उपाध्यक्षमा मनिषरमण साह निर्वाचित भएका छन् ।

महासेठले २ हजार ८ सय ३५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्धी जितेन्द्र प्रसाद साहले १ हजार ४ सय ९८ मत प्राप्त गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी मनिषरमण साहले ४५ मतको अन्तरले प्रतिद्वन्द्धी सुरेन्द्र भण्डारीलाई पराजित गरेका हुन् ।

साहले २ हजार १ सय ९५ मत ल्याएर विजयी भएका हुन भने भण्डारीले २ हजार १ सय ५० मत प्राप्त गरे । उपाध्यक्षमा अम्बु प्रसाद साहले १ हजार ३० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी लक्ष्मण साहले १ हजार ६ मत प्राप्त गरे ।

त्यस्तै, महासचिवमा मनोज साह (दवाईवाला) ले १ हजार ९ सय मत ल्याइ विजयी भए । उनका प्रतिद्वन्द्धी राम महासेठले ६ सय ६३ मत प्राप्त गरे । सचिवमा फुलदेव पण्डितले २ हजार ३ सय ४१ मत ल्याइ विजयी भए । उनका प्रतिद्वन्द्धी गोपी साहले १ हजार २ सय ९४ मतमा सिमित भए ।

कोषाध्यक्षमा परमेश्वर साह (आशा) ले २ हजार १ सय ७ मत प्राप्तगरि विजयी भए ।  उनका प्रतिद्वन्द्धी विजय कुमार साहले १ हजार ५ सय ६ मत प्राप्त गरेका थिए ।

महिला सदस्यमा मायाकुमारी साह निर्वाचित भएकी  छिन । एसोसिएट सदस्य पदमा चन्दन साह र महिला उपाध्यक्षमा दिपिका राय निर्विरोध निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ