arrow

संसदमा प्रदीप गिरीको प्रश्न : ‘प्रधानमन्त्रीज्यू चुच्चे नक्सा कता हरायो ?'

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
Pradeep-1618216317.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अहमताभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गिरिले व्यवस्था र ब्यक्ति फरक रहेको उल्लेख गर्दै व्यवस्थागत त्रुटीहरुलाई सुधार गर्दै प्रधानमन्त्रीले भूमिका खेल्नुपर्ने बताएका हुन् । 

संविधान सहमतिको दस्तावेज हुनुपर्ने भएपनि अझै केही राजनीतिक शक्तिले संविधान अस्वीकार गरेकोले राजनीतिक अस्थिरता बढेको उनको भनाइ थियो । विगतमा पनि संविधान असफल भएका प्रशस्त उदाहरण रहेको भन्दै गिरीले संविधानको स्वीकार्यता बढाउनुपर्ने साथै मलजल गर्नुको साटो जरा उखेल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।

त्यस्तै गिरीले लिपुलेकसहितको चुच्चे नक्साको भ्रुण हत्या भएको हो ? भनी प्रधानमन्त्रीसँग प्रश्न गरे । गिरीले सरकारसँग नागरिकले चुच्चे नक्साबारे सोधिरहेको भन्दै तत्काल जवाफ दिन माग गरे । ‘प्रधानमन्त्रीज्यू चुच्चे नक्सा कता हरायो ? चुच्चे नक्साको भ्रूण हत्यो भयो कि बालहत्या भयो ?’, गिरीले प्रश्न गरे ।

दलहरुले संसदबाट निकास खोज्नुपर्ने र नसके राष्ट्रिय सहमतिको सरकार बनाएर निर्वाचनमा जानुपनि उपयुक्त हुने गिरीको भनाइ थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ