arrow

एमसीसी सभामुखकोमा थन्कियो, संसदको बिजनेस बनाइयोस: सांसद अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
khagraj.png

काठमाडौैं । एमाले नेता तथा सांसद खगराज अधिकारीले काँग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरिएको एमसीसी सभामुखकोमा थन्किएर बसेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अधिकारीले एमसीसी सम्झौतालाई संसद्मा बहस तथा छलफलका लागि पेस गर्न र यसलाई संसद्को बिजनेस बनाउन माग गरेका हुन् ।

उनले अरु विषय कार्यव्यवस्थामा छलफल भए पनि एमसीसीबारे छलफल नभएकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘सत्ता बाहिर हुँदा एमसीसीलाई राष्ट्रिय हितको विषय बनाइन्छ । सत्तामा हुँदा यसलाई जुवाको खालमा राखेझैँ गरिन्छ ।’ 

अधिकारीले एमसीसीसम्बन्धी प्रस्ताव संघीय संसदमै रहेको भन्दै सभामुखले बैठकमा पेश गर्नुपर्ने बताएका हुन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ