arrow

गण्डकी प्रदेशमा संक्रमणबाट दुईको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
gandaki-province-corona.jpg

दमौली । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट सोमवार दुईको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक-एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

ती पुरुषमा यही चैत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उहाँमा चैत २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ