arrow

विद्यार्थीको ५० लाख बढी रकम विश्वविद्यालयले दिएन, आशंका पदाधिकारीमाथि

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
forestry-chitwan.jpg

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा संचालित कृषि स्नातक तह इन्टर्न कार्यक्रम २०७७–७८ को पनि सकिने बेला भइसकेको छ ।

तर विडम्बना विश्वविद्यालयमा विद्यार्थीको लागि सम्बन्धित क्षेत्रमा जाँदा आउँदा दिइने खर्च, दैनिकी खर्च,अनुसन्धान खर्च गरेर करिब १९८ जना विद्यार्थीको लागि पीएमएएमपीबाट अघिल्लो आर्थिक वर्षको कार्यक्रमलाई छुट्टाएको रकम आए पनि विद्यार्थीले कार्यक्रम समाप्त भएको छ महिना बिति सक्दा पनि पाउन सकेका छैनन् । 

कहिले कुन बाहना, कहिले कुन बाहना गर्दै विद्यार्थीलाई झुलाइरहेको पीडित विद्यार्थीले बताएका छन् । विश्वविद्यालयले उक्त रकम कतै अन्त लगानी त भएको छैन भन्ने आशंका विद्यार्थीको छ । 

विद्यार्थीकै हकहितमा ,शैक्षिक सुधार, प्रतिभा प्रष्फुटन, प्रयोगात्मक अध्ययन जस्ता सिद्धान्त लिएर हिँडेको विश्वविद्यालय सधै बन्द झैंझगडा र विद्यार्थीको भविश्यमाथि खेलबाड भइरहेको भन्दै आक्रोशित भएका छन् । 

पीडितले भनेका छन्, ‘विद्यार्थी जीवनमा सानो सानो रकमको ज्यादै महत्त्व हुन्छ ।’ एकजना विद्यार्थीको भागमा करिब ३० देखि ५० हजार रुपौयाँसम्म खर्च बुझ्न बाँकी रहेको छ ।

निरन्तर कुरा उठाइराख्दा प्रशासन बन्द, यताउता गर्दै अल्मलाइरहेको अवस्थालाई पैसा खर्चको लिस्ट म्म निकाल्न वाध्य भए पनि पदाधिकारीहरुबीचको तालमेल, पदीय भागबन्डाले गर्दा प्रत्यक्ष आफूहरु त्यसको भागेदार भएको पीडितको गुनासो छ । 

प्रत्येक सेमेस्टरमा उत्कृष्ट केही विद्यार्थीलाई छात्रवृत्ति दिने नियम रहेको विश्वविद्यालयमा पाँचौं सेमेस्टरपछि कुनै रकम पाउन नसकेको पीडित बताउँछन् । 

उता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई सोध्दा अघिल्लो पटक नै बजेट पूरा पठाएको कुरा गर्ने अनि विश्वविद्यालय आफूहरुलाई झुलाउने गरेकाले उदासिन बनाएको पीडितले बताए । 

सम्पूर्ण विद्यार्थीको खर्च करिब ५० लाख भन्दामाथि रहेको पनि बताइएको छ । ठूलो रकम भएकाले पदाधिकारीबाटै हिनामिना भएको आशंका विद्यार्थीको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ