arrow

जनकपुरमा सरिता देवीले तिम्ल्याहा बच्चा जन्माइन् 

logo
निरंजन कुमार साह
प्रकाशित २०७७ चैत ३१ मंगलबार
Triplets-baby-janakpur.jpg

जनकपुरधाम। जनकपुरमा एक महिलाले एकै पटकमा तीन जना बच्चालाई जन्म दिएकी छिन्। आमा र बच्चाहरूको स्वास्थ्य स्थिती सामान्य रहेको अस्पतालले जनाएको छ। 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सायलर पोलिक्लिनिक प्रालीमा जनकपुरधाम उपमहानगरपालिका वडा २५ बभनगमा  निवासी लक्ष्मण मुखिया कि २५ वर्षीय पत्नी सरिता देवी मुखियाले तिम्ल्याहा छोराहरूलाई जन्म दिएको अस्पतालका कर्मचारी रवि झाले जानकारी दिए।

स्त्री तथा प्रसूति विशेषज्ञ डाक्टर सज्जन कुमार शर्माका अनुसार एउटा बच्चा को तौल दुई केजी पाँच सय ग्राम र दुई वटा बच्चाको तौल दुई किलो दुई सय ग्राम रहेको छ । बच्चा र आमा को अवस्था एकदम ठिक रहेको बच्चा गर्भमा रहँदा उल्टो रहेको कारण अपरेसन गर्नु परेका डा. शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ