arrow

एमसीसी संसदबाट पारित हुनुपर्छ – प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
kp-oli4-2078.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) योजना संसदबाट पारित हुनुपर्ने बताएका छन् । 

राष्ट्रका नाममा सम्वोधन गर्दै बुधबार बिहान सिंहदरबारबाट प्रधानमन्त्री ओलीले एमसीसीलाई रोकेर फाइदा नहुने भन्दै यसलाई पारित गर्नुपर्ने बताएका हुन् । 

उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सरकारका पालामा नै संसदमा एमसीसी पेश भएको भन्दै अहिले तिनै दलहरुले एमसीसी रोक्नु नहुने पनि बताएका छन् । 

उनले विरोधका लागि विरोध गरेर विकासका कामहरु रोक्न नहुने पनि स्पष्ट पारेका छन् । 

सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले केही दलले विरोधका लागि विरोधमात्र गरिरहेको भन्दै सरकारले राम्रा काम गरिरहेको र गर्दै जानेसमेत बताएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ