arrow

अनैतिकताको पराकाष्ठा

अविश्वास प्रस्तावको सामना गर्न नसकेपछि मुख्यमन्त्री गुरुङले गरे प्रदेशसभा अधिवेशन अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
prithvi-subba-gurung-samsad.jpg

पोखरा । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि त्यसअगाडि नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा अधिवेशन नै अन्त्य गरिदिएका छन् । 

बुधबार सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चाले फिर्ता लिएपछि सोही दिन नै राति अनैतिकताको पराकाष्ठा नाघ्दै मुख्यमन्त्री गुरुङले चालु अधिवेशन नै अन्त्य गरेका हुन् । 

बिहीबार चार दलले बैठक बसेर अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेकै बेला मुख्यमन्त्री गुरुङले आफ्नो कुर्सीको आयु बढाउन कुटील चाल चलेका हुन् । 

बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेश गरेकामा शेरचनले तात्तातै विचारै नगरी आँखा चिम्लेर अधिवेशन अन्त्य गरेका हुन् । 

अब कसरी अगाडि बढ्ने भन्ने बारेमा विपक्षी दलहरुले कुनै निर्णय गरिसकेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ