arrow

गण्डकीका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता : कांग्रेस नेताको नाम प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
prithivi-subba-krishnachandra-nepali.jpg

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी २८ जना सांसदहरूले मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।  

मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएपछि नयाँ मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नाम प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्नेहरूमा कांग्रेसका १४, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका दुई जना सांसद छन् ।
मुख्य तीन दलका सांसदहरूले पेश गरेको अविश्वास प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले पनि सहमति दिने बताएका छन् ।

उनीहरूले बुधवार मात्रै मुख्यमन्त्री गुरुङलाई दिएको समर्थन फिर्ता लिएका थिए । गण्डकी प्रदेशमा जनमोर्चाका तीन सांसद छन् ।

यसैबिच अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले भने बुधवार राती नै प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेश सभाको चालु अधिवेशन रोक्न सिफारिस गरेका छन् ।

तर कांग्रेस, माओवादी र जसपाले भने संयुक्त पत्रमा विशेष अधिवेशनको माग गर्दै पत्र दर्ता गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ