- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भक्तपुर । तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रवार बिहान करिब ११ बजे सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-०११ प.८२५० नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोजपुर स्थायी घर भई हाल पुतलीसडक काठमाडौँ बस्ने १८ वर्षीय सुमन गिरी र बाँके घर भई हाल पुतलीसडक बस्ने २२ वर्षीय सूर्य ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।