- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमणको बढ्दो गति, संसद्को हिउँदे अधिवेशन अन्त्य, एमसीसी, बजेट अधिवेशन लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।
प्रतिनिधि सभा पुनः स्थापना भएपछि प्रधानमन्त्रीले पहिलो पटक दलहरूलाई सर्वदलीय बैठकमा डाकेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणसहित समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको जानकारी दिए।
बैठक शनिवार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक अवस्थाका विषयमा केही समयअघि शीतल निवासमा सर्वदलीय बैठक राखेकी थिइन्।