arrow

३३ कोरोना संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
Corona-covid-province-1.jpg

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३३ कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा सो अवधिमा गरिएको २९४ जनाको पिसीआर परीक्षणमा  ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थप हुनेमा मोरङमा १८ मध्ये विराटनगरमा १४, झापामा आठ, भोजपुरमा तीन, सुनसरी र उदयपुरमा दुई-दुई संक्रमित देखिएका छन् ।

प्रदेशमा संक्रमितको सङ्ख्या ३० हजार ५६५ पुगेका मध्ये २९ हजार ८७८ निको भएका छन् । हाल सक्रिय संक्रमित २१५ छन् । प्रदेशमा हालसम्म दुई लाख ३४ हजार ४५५ जनाको पिसीआर परीक्षण कार्य सम्पन्न भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ