arrow

मृत आफन्तसँग सम्पर्क गर्ने औजा बोर्ड, कति हानिकारक ?

औजा बोर्डको आध्यात्मिक परिप्रेक्ष्य

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
ouija-board.jpg

मृत पुर्खा आफ्नो वंशजको साथ संवाद गर्न सक्छन्  । त्यसको एक माध्य औजा बोर्ड हो ।  वंशजको जीवनमा समस्या उत्पन्न गरेर त्यसको माध्यमबाट संवाद गर्न सक्छन् । मृत पूर्वज आध्यात्मिक शक्तिको बलमा वंशजको जीवनमा समस्या उत्पन्न गर्छन्, जसले वंशज उनको आवश्यकतामा ध्यान दिन्छ । अर्थात् पुर्खाद्वारा कष्ट पुर्‍याउने मुख्य औचित्य आफ्नो दुखलाई वंशजसम्म पुराउने हो । जब वंशजलाई लग्छ कि अनेक सर्वश्रेष्ठ प्रयासबाट पनि समस्या हट्दैन तब प्राय: आध्यात्मिक मार्गदर्शन लिन्छ ।

कहिले काहीँ पृथ्वीको वंशज अथवा मृत्युपछिको जीवनबाट मृत पुर्खा, माध्यम अथवा औजा बोर्डको माध्यमबाट संवाद गर्ने प्रयास गर्छन् । अधिकांश प्रकरणमा संवाद गर्ने हाम्रो पूर्वज हुँदैन ।

 जो व्यक्ति सन्त छ अर्थात् ७०% भन्दा अधिक आध्यात्मिक स्तर को व्यक्ति नै दिवङ्गत पितरसँग सम्बन्धित सूचनालाई आध्यात्मिक दृष्टिकोणले सही आकलन गर्न सक्छ । त्यस्तै गरी व्यक्ति यो भन्न सक्छ कि सम्पर्क गरिएको आत्मा सम्बन्धित पूर्वजको हो अथवा कुनै अन्य अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) को हो । वर्तमानमा पृथ्वीमा १०,००० (दस हजार) भन्दा कम व्यक्ति यस्तो क्षमताले सम्पन्न छन्, उनीहरूले कहिले पनि आत्मासँग सम्पर्क गर्नमा व्यक्तिलाई सहायता गर्दैनन् ।

औजा बोर्डको उपयोगले कुनै मृत पुर्खासँग सम्पर्क गर्ने सम्भावना मात्र १०% हुन्छ । प्राय: ९०% आशङ्का यो कुराको हुन्छ कि कुनै पनि अनिष्ट शक्ति पूर्वजको झूटो रूप लिएर आउन सक्छ अनि भयङ्कर कुरा यो हो कि औजा बोर्ड द्वारा अनिष्ट शक्ति मध्यस्थ बन्ने व्यक्तिलाई पनि आवेशित गर्न सक्छ ।

निम्नलिखित कारणहरूले कुनै दिवङ्गत सम्बन्धीलाई कुनै माध्यम अथवा औजा बोर्ड (मृतको आत्मालाई सम्पर्क गर्नको लागि प्रयोग गरिने बोर्ड) द्वारा सम्पर्क गर्न हानिकारक छन् ।

अधिकांश माध्यम प्रगत छैटौँ इन्द्रिय क्षमता अथवा उच्च आध्यात्मिक स्तर भएको हुँदैन, जसको कारण सम्पर्क गरिएको आत्माको सही पहिचान गर्न सक्दैन । अधिकांशता हाम्रो पुर्खा को स्थानमा कोही अन्य अनिष्ट शक्ति (पिशाच, असुर, कालो शक्ति आदि) वार्तालाप गर्छ । यी अनिष्ट शक्ति (पिशाच, असुर, कालो शक्ति आदि) हाम्रो दिवङ्गत परिजनलाई  आफ्नो नियन्त्रणमा लिएर उनीबाट व्यक्तिगत जानकारी प्राप्त गरी हामीलाई धोखा दिन सक्छ जसले हामीलाई लाग्छ कि हाम्रो सम्पर्क हाम्रो आफ्नो पुर्खासँग नै भइरहेको छ । यो तब पनि हुन सक्छ जब हाम्रो पुर्खा उनलाई केही बताउन चाहँदैन, अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) मा हाम्रो पुर्खाको मानलाई आक्रमण गरी  चाहिएको जानकारी प्राप्त गर्ने क्षमता पनि हुन्छ । प्राय: यी अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) हाम्रो पुर्खालाई जानीजानी आउन दिन्छ अनि भूलोकमा रहिरहेको उनको वंशजलाई गलत जानकारी दिएर भ्रमित गर्नको लागि बाध्य बनाउँछ ।

प्राय: सबै घटनाहरूमा मध्यस्थको (माध्यम बन्ने व्यक्तिको) अपेक्षाकृत आध्यात्मिक स्तर कम हुन्छ उनी अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) ले प्रभावित हुन जान्छ, जसको उनीलाई थोरै पनि बोध हुँदैन । अधिकांश मध्यस्थ यो कार्य धन एवं ख्याति प्राप्त गर्नको लागि गर्छ । अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) उनीमा नियन्त्रण पाउनको लागि उनको यो इच्छाको प्रयोग गर्छ । (पढ्नुहोस् : भूतको वशमा जाने सम्भावना कसको अधिक हुन्छ ?) ठुलो अनि गहिरो प्रभाव पार्नको लागि, यदा-कादा उनी मध्यस्थको क्षमताको विस्तार गर्छ, अनि भ्रान्तिवश मध्यस्थ आफ्नो यो क्षमतालाई आफ्नो उपलब्धि मान्दै बस्छ, जुन यथार्थ भन्दा अत्यन्त टाढा छ । अन्त्यमा अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) मध्यस्थ द्वारा व्यक्तिलाई दिग्भ्रमित गर्छ ।

यसको विपरीत, अपेक्षाकृत उच्चतम आध्यात्मिक स्तरको मध्यस्थ केही अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) लाई आफ्नो नियन्त्रणमा राख्छ । उनी यी अनिष्ट शक्तिको उपयोग दिवङ्गत आत्मासँग सम्पर्क स्थापित गर्ने व्यक्तिको विषयमा सूचना प्राप्त गर्नको लागि गर्दछ ।

धेरै पल्ट हामी प्रेतसँग सम्पर्क गर्ने ”ghost whisperers” को विषयमा सुन्छौ जुन हाम्रो पुर्खालाई अगाडिको लोकमा जानको लागि सहायता गर्छ । यो पनि मध्यस्थ को एउटा पर्याय शब्द हो जो मृतात्मासँग सम्पर्क गर्न सक्छ ।  तथापि जबसम्म यस्तो माध्यमको आध्यात्मिक स्तर ७०% भन्दा अधिक (अर्थात् सन्त स्तरको) हुँदैन, उनी द्वारा सूक्ष्म शरीरलाई भूलोक क्षेत्र भन्दा उच्च लोकसम्म लैजानमा सहायता गर्नु लगभग असम्भव हुन्छ ।

पितरसँग सम्पर्क गर्ने हाम्रो प्रयास केवल पूर्वज एवं भूलोकको सम्बन्धी बिच मोह-मायालाई वृद्धि गर्छ । दिवङ्गत पूर्वज आफ्नो नातेदारको पीडा एवं कष्ट को अनुभव गर्छ, यस कारण उनी वापस भूलोकमा खिचिन्छ अनि यसले पारलौकिक यात्रा बोधित हुन्छ ।

आफ्नो प्रियजनसँग अलग हुनु एउटा दुखद अनुभव हो, अनि कसैको इच्छा हुन सक्छ कि उनलाई सम्पर्क गरी उनको कुशल-क्षेम जान्ने इच्छा । आफ्नो पुर्खा प्रति हाम्रो सर्वोत्तम सेवा यही हो कि हामी उनको मुक्तिको लागि हर सम्भव प्रयास गर्ने । जसले कि उनी आफ्नो मुत्योपरान्तको अगाडिको यात्रा निर्विघ्न गर्न सक्छ । दिवङ्गतसँग सम्पर्क गर्नु कुनै आध्यात्मिक महत्त्व छैन, यस्तो गर्नाले केवल पारस्परिक बाधा उत्पन्न गर्छ । महत्त्वपूर्ण यही हो कि परिजनको मृत्युको कारण उत्पन्न शोकलाई साधना तर्फ उन्मुख गरी आध्यात्मिक सुरक्षात्मक जप गर्ने । यसले न केवल दुःख अनि पीडा शमन हुन्छ साथै मृतात्माको जीवन पछिको यात्रामा सहायता मिल्नेछ ।

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ