arrow

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

logo
रासस,
प्रकाशित २०७८ वैशाख ४ शनिबार
corona-isolation-wards.jpg

राँझा। बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आइसियु र आइसोलेसन सञ्चालन गरेको छ। कोरोना सङ्क्रमणको दर र मृत्यु दर तीब्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शै्ययाको आइसियु तथा ३० शै्ययाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिए।

उनका अनुसार कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना सङ्क्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो।

एक सङ्क्रमितको मृत्यु
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका–११ नारायणपुर निवासी ३७ वर्षीय सङ्क्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि चैत्र २६ गते कोहलपुर शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपश्चात् भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दागर्दै आज बिहान १ बजेर २७ मिनेटमा मृत्यु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ