arrow

सरकार ढाल्ने खेल भइरहेको छ, यसका विरुद्ध प्रतिकारमा उत्रौं : उपप्रधानमन्त्री पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ४ शनिबार
ISwarfinal.jpg

काठमाडौं । नेकपा एमालेका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार ढाल्ने खेल भइरहेकाले यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका छन् ।

उनले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रनुपर्ने बताए । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले निर्वाचित सरकारले निश्चित समयावधि लिएर आएकाले त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने बताए ।

सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने, जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए । 

उनले भने,‘अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखापर्न खोज्दै छ । सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने । राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ । सही कुराको पक्षमा गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ ।’



नयाँ