- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश ब्यक्त गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकका क्रममा ओलीले संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई सभामुखले असहयोग गरेको आरोप लगाए ।
संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीको आरोप थियो ।
सभामुख अग्नि सापकोटाको भूमिका अराजक र अनैतिक खाले भएको भन्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको साथ आफूले खोजेको पनि ओलीको भनाइ थियो ।
बैठकमा सहभागी भएर बाहिरिने क्रममा राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले संचारकर्मीहरुसमक्ष ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको बताउँदै भने, ‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रहयो ।’