arrow

नेपालमा ८ सय ४३ जनामा थप कोरोना, ३९ वर्ष मुनिका ४ सय ४९ सङ्क्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ४ शनिबार
corona-virus-nepal.jpg

काठमाडौँ। कोभिड–१९ को सङ्क्रमण आज ८ सय ४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८ सय ४३ जनामा सङ्क्रमण देखिएको हो। शुक्रवार भने ९०० जनामा सङ्क्रमण देखिएको थियो। आज देखिएको सङ्क्रमितसँगै नेपालमा अहिलेसम्म कूल दुई लाख ८३ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ।

आज देखिएका सङ्क्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन्। यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन्। 

२२६ जना निको
यस्तै आज २२६ जना सङ्क्रमण निको भई घर फर्किएका छन्। अहिलेसम्म दुई लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन्। नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ। यसै गरी सङ्क्रमणबाट दुई जनाको निधन भएको छ। अहिलेसम्म निधन हुनेको सङ्ख्या तीन हजार ७५ जना पुगेको बुलेटिनमा जनाइएको छ। 

यसै गरी सङ्क्रमितमध्येले १०० सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौँ उपत्यकामा ३५ जना सघन उपचार कक्ष र २० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
 
प्रदेश नं १ र २ मा दुई-दुई, वाग्मती प्रदेशमा ४६, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा दुई जना सघन उपचार कक्ष उपचार गराइरहेका छन् । 

यस्तै प्रदेश नं १ मा एक, वाग्मती प्रदेशमा २१, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । होम आइसोलेसनमा पाँच हजार ४०१ र संस्थागत आइसोलेसनमा ५०७ रहेका छन् । 

सिमानाकामा ६४ मा सङ्क्रमण
यस्तै मन्त्रालयले नेपाल भारतका नौ सिमानाका ६२१ को एन्टिजेन परीक्षण गर्दा ६४ मा सङ्क्रमण देखिएको जनाएको छ। बेलहैया हेल्थ हेस्क रुपन्देहीमा एक, गड्डाचौकी हेल्थ डेस्क कञ्चनपुरमा नौ, कृष्ण नगर हेल्थ डेस्क कपिलवस्तुमा एक, रानी हेल्थ डेस्क मोरङमा छ र त्रिनगर हेल्थ डेस्क कञ्चनपुरमा ४७ मा सङ्क्रमण देखिएको छ। अहिलेसम्म तीन सिमानाकामा ६६५ मा सङ्क्रमण देखिएको जनाइएको छ।



नयाँ