arrow

अलिबाबा माथिको कारबाही चीनका ठुला प्रविधि कम्पनीहरूलाई सन्देश

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख ४ शनिबार
ali-baba-group-jack-ma.jpg

बेइजिङ। चिनियाँ नियामक निकायले विश्वको ठुलो अनलाइन विक्रेता अलिबाबा कम्पनीलाई अहिलेसम्मकै उच्च २ अर्ब ७८ करोड डलर जरिवाना गरी अन्य प्रविधि कम्पनीहरूलाई समेत सन्देश दिन खोजेको विश्लेषण गरिएको छ।

इ–कमर्सको क्षेत्रमा विश्वकै चर्चित कम्पनी अलिबाबामाथि नियमहरू उल्लङ्घन गरेको आरोपमा चीन सरकारले गरेको कारबाहीबाट अन्य ठुला चिनियाँ कम्पनीहरूलाई सन्देश दिन खोजेको जनाइएको छ।

चिनियाँ नियामक निकायले अलिबाबा कम्पनीले बजारमा कायम रहेको आफ्नो प्रभुत्व वर्षौँदेखि दुरुपयोग गरेको आरोप लगाउँदै ठुलो जरिवाना तिराएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ