arrow

करादीमा टेलिकमको सेवा विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
nepal-telecom-building.jpg

स्याङ्जा। नेपाल टेलिकमले जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेट्ने गरी जिएसएम सेवाको विस्तार गरेको छ। करादीबजार र आसपासको क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको उक्त सेवामार्फत बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौँ यात्रु प्रत्यक्ष रूपमा लाभान्वित हुने टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए।

करादी बजार गल्याङ नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो। त्यस्ता केन्द्रहरूमा मानिसको चाप बढी हुने र  टेलिकमको सेवाबाट वञ्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेक्टर एक्सपानसन मार्फत करादी बजारमा जिएसएम सेवा विस्तार गरिएको टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख रवि मानन्धरले बताए।

त्यसै गरी हाल जिएसएम प्रविधिमार्फत वायरलेस सेवा प्रदान गरिए पनि निकट भविष्यमै सोही ठाउँबाट वायर लाइन सेवाअन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट, एनटी टेलिभिजन र पिएसटिएन ल्याण्डलाइन सेवा सहितको ट्रिपल प्ले सेवा उपलब्ध गराइने गरी कार्य गरिएको नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए।

उनका अनुसार यो सेवा मार्फत वायरलेस र वायर लाइन दुवै सेवा एकै स्थानबाट उपलब्ध गराउन सकिने गरी सञ्चालन गरिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ