arrow

टिभीएस मोटर कम्पनीबाट पीयूबीजी मोबाइल च्याम्पियनशिपलाई प्रायोजन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
tvs-sponsorship.jpg

काठमाडौं। विश्वमा दुई पांग्रे र तीन पांग्रेको प्रतिष्ठित निर्माता टिभीएस मोटर कम्पनीले नेपालमा पीयूबीजी मोबाइल च्याम्पियनशिप २०२१ लाई प्रायोजन गरेको छ। 

यो कार्यक्रम मलाई टिभीएस मोटर कम्पनीको ब्लुटुथ जडित स्कुटर टीभीएस एनटर्क १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ। पीयूबीजी नेपालको जेन जेड मध्येको एक लोकप्रिय खेल हो । यो च्याम्पियनशिप गेमिंग क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीहरुलाई प्रस्तुत गर्ने आयोजकको दाबी छ। 
च्याम्पियनशिप रेजिस्ट्रेसन आइतबार बैशाख ५ गतेदेखि शुरु हुनेछ। तीन भाग्यशाली विजेताहरुले टीभीएस एनटर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटर जित्ने मौका पाउने छन्।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरुलाई सधै प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएकोे छ । हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरुलाई समर्थन दिँदै आइरहेका छौँ। त्यस्ता राम्रा पक्षहरु निर्माण गर्न जारी राख्नेछौँ जसले देशमा टिभीएस मोटर कम्पनी उत्पादनहरुको आकांक्षा जगाउँदछ।’

पीयूबीजी मोबाइल च्याम्पियनशिप २०२१ ले ६०० भन्दा बढी टिम, २५ स्ट्रिमिङ्घ च्यानलहरु र १६ स्ट्रिमरहरुको सहभागिताको अपेक्षा गरेको छ जसमा लोकप्रिय एनटिटी जस्तै ‘फोर के गेमिङ नेपाल’, ‘एसके फोर्टी नाइन’, ‘मिस्टर ह्योजु’ समावेश छन्। च्याम्पियनशिप आगामी ४५ दिनसम्म चल्ने जगदम्बाले जनाएको छ।



नयाँ