arrow

आइतबार साँझसम्म बाँकेका  १०१ र बाहिरी जिल्लाका ४४ जनामा कोरोना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
Corona-Covid-nepal-1618227483.jpg

नेपालगन्ज । बाँकेमा आइतबार साँझसम्ममा १०१  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमा ४५ पुरुष र ५६ महिला छन् ।

भेरी अस्पताल प्रयोगशालामा ५३ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १६ जना र बागेश्वरी ल्याबमा ३२ जनालाई कोरोना पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

बाँकेमा हालसम्म कोरोना पोजिटिभको संख्या ५ हजार ४ सय १३ पुगेको छ । आज १३ जना निको भई डिष्चार्ज हुँदा निको हुनेको कुल संख्या ४ हजार ७ सय ४३ पुगेको छ ।

हाल ६ सय १० जना उपचारमा छन् । बाँकेमा भएको परिक्षणमा बाहिरी जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको छ ।



नयाँ