arrow

नेपालगन्जमा परीक्षणको झण्डै सतप्रतिशतमा कोरोना संक्रमण, तीन वडा ‘हट स्पट’

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ वैशाख ६ सोमबार
nepaljung-corona-victim.jpg

नेपालगन्ज । नेपालगन्जमा कोरोना भाइरसको संक्रमणदर उच्च हुँदै गएको  छ । एक साता यता कोरोनाको ग्राफ अप्रत्याशित रुपले बढेको छ । केही दिनयता त स्वाब परीक्षण गराएका झण्डै सतप्रतिशतमा कोरोना देखिएको छ ।

चिन्ह वा लक्षण देखिएर अस्पतालसम्म पुगेकाहरुमा यो अवस्था देखिँदा समुदायस्तरमा कोरोना भुसको आगो झै फैलिसकेको सहजै अनुमान गर्न सकिन्छ । 

पहिलो लहरको कोरोनाले नराम्ररी गाँजेको नेपालगन्जलाई दोस्रो लहरले अझ बढी घेरेको छ । नेपालगन्जका तीन वटा वडा अहिले कोरोनाको ‘हटस्पट’ नै बनेका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार नेपालगन्जका वडा नम्बर १०, १२ र १८ मा कोरोना अप्रत्याशित रुपले फैलिएको छ । 

वडा नम्बर १० भृकुटीनगर, वडा नम्बर १२ कोरियनपुर र वडा नम्बर १८ कारकाँदोमा कोरोना संक्रमणदर उच्च छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ