arrow

कोरोनाका कारण कपिलवस्तुमा पूर्व वडाध्यक्षको मृत्यु, ६ जनामा संक्रमण 

logo
मणि प्रसाद गैह्रे
प्रकाशित २०७८ वैशाख ६ सोमबार
Corona-Covid-nepal-1618227483.jpg

कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रणबाट महाराजगञ्ज नगरपालिका–९ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा भैरहवामा निधन भएको छ । उनी पूर्व वडाध्यक्ष समेत हुन ।

आइतबार पीसीआर परिक्षण गर्दा ६ जनामा पोजेटिभ भेटिएको छ । जसमा कपिलवस्तु नगरपालिकाका ३ जना, वाणगगा नगरपलिकामा दुई जना र बुद्धभूमी नगरपालिकामा एकजना संक्रमित रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरेले जानकारी दिएका छन् ।

हाटबजार, बजार व्यवसायमा दैनिकजसो नै भीडभाड रहेको छ । स्वास्थ्यका मापदण्ड पालना भएका छैनन् । विना मास्क यातायात सवारी साधन, कार्यालय तथा सार्वजनिक तथा निजी व्यवसाय गरेको स्थानमा देख्न सकिन्छ ।

पर्यटकीय स्थलमा समेत भीडभाड देखिन्छ । जोखिम बढ्दै गएपछि स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेका अनुसार प्रचार प्रसार लगायत संचारमाध्यमबाट जनचेतनाका कामहरु जारी राखिएको जानकारी दिएका छन् ।

स्वास्थ्यका मापदण्ड पालना गर्न मातहतका स्वास्थ्य चौकीहरुमा जनाकारी तथा सचेतना फैलाउन आग्रह गरिएको बताए । जिल्लामा शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकामा गरी दुईवटा आइसोलेसन संचालन नियमित गराइएको बताए । विद्यालयलाई पनि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको पाण्डेले बताए ।



नयाँ