arrow

कोरोनाबाट कोहलपुरका ७५ वर्षीय वृद्धको होम आइसोलेसनमै मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
Corona-Covid-nepal.jpg

नेपालगन्ज । बाँकेमा ७५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट होम आइसोलेसनमै मृत्यु भएको छ । कोहलपुर १४ का उनमा आइतबार  कोरोना पुष्टि भएको थियो ।

नेपालगन्ज मेडिकल कलेजमा बैशाख ४ गते भर्ना भएका उनको आइतबार  कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको गएराति १२ बजे घरमै मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

पक्षघातका विरामी उनलाई उपचारका लागि भारत लगिएको थियो । तर, त्यहाँको अस्पतालले अवस्था गम्भीर भएको भन्दै घरै लैजान सुझाव दिएपछि बैशाख ४ गते नेपाल फर्की उनलाई नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । स्वास्थ्य सुधार हुने संकेत नदेखिएपछि परिवारले उनलाई घर लगेको थियो ।



नयाँ