arrow

तीन महिने सुत्केरी स्टाफ नर्सको कोरोनाबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
bheri-hospital.jpg

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोना सङ्क्रमित एक जना स्टाफ नर्सको मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ की २० वर्षीया स्टाफ नर्सको सोमबार  मृत्यु भएको अस्पतालले जनाएको छ । तीन महिनाको सुत्केरी उनी वैशाख १ गते कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।

स्वास्थ्य अवस्था बिग्रेपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा सोमबार बिहान साढे १० बजे मृत्यु भएको हो । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ