arrow

पोखराका सबै शैक्षिक संस्था बन्द हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
pokhara-2.jpg

पोखरा । पोखरा महानगरपालिकाका सबै शैक्षिक संस्था बन्द हुने भएका छन् । आगामी जेठ १ गतेसम्मका लागि पोखराका शैक्षिक संस्था बन्द हुने भएका हुन् ।

कोरोना संक्रमण फैलिएपछि मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरूको भौतिक पठन-पाठन बन्द गर्ने निर्णय गरेसँगै पोखराका शैक्षिक संस्था पनि बन्द हुने भएका हुन्।

पोखरा महानगरपालिकाले आइतबार पोखरामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको थियो । तर केन्द्र सरकारले नै बन्द गर्ने निर्णय गरेपछि पोखरा महानगरपालिका पछि हटेको हो ।

पोखरा महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख हेमप्रसाद आचार्यले आफूहरूले शिक्षण संस्था बन्द नगर्ने निर्णय गरे पनि केन्द्र सरकारको निर्देशन पछि आफूहरू पछि हट्न बाध्य भएको बताए ।

उनले भने, ‘हामीले त शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेका थियौँ तर केन्द्र सरकारले नै गह्रुंगो निर्णय गरेपछि हामी पछि हट्न बाध्य भयौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ