arrow

सरकार र प्रतिनिधि सभा बेकामको भयो – रमेश लेखक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
ramesh-lekhak.gif.gif

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकारले प्रतिनिधि सभालाई होच्याउने काम गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकको तयारी भइरहेका अवस्थामा जानकारीसमेत नदिई सरकारले अधिवेशन अन्त्य गरेको भन्दै सरकार स्वेच्छाचारीमा चलेको नेता लेखकको आरोप छ । 

नेपाली कांग्रेसले पनि सरकारको यो कदमको भत्सर्ना गरेको छ । नेता लेखकले यो सरकार नैतिक रुपले सरकारमा बस्न लायक नभएको समेत नेपाली रेडियो नेटकर्वसँगको कुराकानीमा भनेका छन् । 

यस्तो सरकारलाई परिवर्तन गर्न नसक्ने प्रतिनिधिसभा पनि दोषी रहेको उनको ठहर छ । विस्तारै विस्तारै जनता समक्ष जानुपर्ने अवस्था आएको विश्लेषण पनि नेता लेखकले गरेका छन् । 

संसद विघटन गरेर सरकारले त्यति नै बेला नालायकी प्रदर्शन गरेको भन्दै उनले यस्तो सरकारलाई बोकिरहनु पर्ने प्रतिनिधिसभामाथि पनि प्रश्न उठेको बताए । 

उनले भने, ‘प्रतिनिधि सभाले अर्को सरकार दिन नसक्ने अवस्था आएपछि अब ताजा जनादेश नै विकल्प हो भन्ने मलाई लाग्छ ।’

म फेरि एक पटक भन्छु, ‘सरकार पहिलेदेखि बेकामको हुँदै आएको छ, प्रतिनिधिसभा पनि त बेकामको भयो नि ।’ 

उनले कांग्रेस लोकतन्त्र र संसदीय पद्धतिमा विश्वास गर्ने भएकाले चुनाव हुने भयो भने जति बेला पनि तयार रहेको बताएका छन् । उनले भने, ‘कांग्रेस जुनसुकै बेला निर्वाचनका लागि तयार हुनुपर्छ ।’

कांग्रेस र माओवादी केन्द्र मिलेर मंगलबार अविश्वासको प्रस्ताव दर्ता गर्नेतिर उन्मुख भएका बेलामा सरकारले अधिवेशन अन्त्य गरेको भन्ने हो त ? भन्ने प्रश्नमा त्यो अनुमान मात्र भएको नेता लेखकले बताए । 

उनले संविधानको व्यवस्थामा सरकार परिवर्तनका लागि सरकार बनाउन बहुमत चाहिने भएकाले तत्काल अविश्वासको प्रस्ताव आउने सम्भावना कम भएको संकेत गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ