arrow

विचलनमा मौरिन्हो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
jose-mourinho-1618887247.jpg

काठमाडौं । स्टाइलिश फुटबल प्रशिक्षक होजे मौरिन्हो विचलनमा पुगेका छन् । उनी सबैभन्दा धेरै पटक भएका प्रशिक्षकमध्येमा पर्छन् । 

कुनै पनि फुटबल क्लब वा राष्ट्रिय टिममा उनको रेकर्ड छ । धेरैजसोलाई उपाधि दिलाएरै उनले विश्राम लिन्छन् । तर पछिल्लो समय उनको करियर विचलित भएको छ । 

उनलाई इङ्गलिश प्रिमियर लिग क्लब टोटनह्याम हट्सपरले हटाएको छ । क्लबलाई राम्रो गतिमा लैजान नसकेका उनलाई क्लबले बर्खास्त गरेको हो । क्लबले यस सिजन खराब प्रदर्शनलाई निरन्तरता दिएपछि टोटह्यामले सोमबार मोरिन्होलाई बर्खास्त गरेको हो ।

क्लबले माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै मोरिन्होलाई प्रशिक्षक नियुक्त गरेको थियो । तर उनले सोचेअनुसारको गतिमा क्लबलाई लैजान सकेनन् । जारी लिगमा शुरुआतमा ठीकठाक क्लब भए पनि विस्तारै गति छाड्दै जाँदा अहिले लिग तालिकाको सातौं स्थानमा झरेको छ । 

मौरिन्हो भएपछि आशा हुन्छ । तर त्यो आशा उपाधि होडबाट धेरै पहिले बाहिरिइसकेको छ भने शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने होडबाट पनि बाहिरिन थालेको प्रतित हुन थालेको छ । 

टोटनह्याम ३२ खेलबाट ५० अंकसहित सातौं स्थानमा छ । अब मात्र ६ खेल खेल्न बाँकी छ क्लबले यो सिजनमा । चौथो स्थानको वेष्टह्याम युनाइटेडको ५५ अंक छ । 

कम खेल खेल्न बाँकी रहँदा च्याम्पियन्स लिगका लागि पनि टोटनह्यामले अबका खेलमा विजयी नतिजा निकाल्नु पर्नेछ । 

यही दबाबबीच क्लबले मौरिन्होलाई हटायो । पोर्चुगिच यी प्रशिक्षकलाई टोटनह्यामले सन् २०२३ सम्मका लागि सम्झौता गरेको थियो । तर १७ महिनामै ५८ वर्षे मौरिन्हो बर्खास्तीमा परे । 

मौरिन्होले इङ्गलिश क्लबहरु चेल्सी र म्यान्चेस्टर युनाइटेडमा रहेरसमेत काम गर्दै उपाधि दिलाउन सफल भएका थिए । त्यस्तै स्पेनिश क्लब रियाल मड्रिडलाई पनि उपाधि दिलाए । त्यो भाग्यबाट टोटनह्याम भने चुकेको छ । 

मौरिन्होको अबको प्रशिक्षण यात्रा पनि कठिन बन्दै गइरहेको त हैन ? भन्ने प्रश्न खडा भएको छ । उनी सोमबार दिउँसो टोटनह्यामको ट्रेनिङ सेसनबाट बाहिरिएका थिए । 

मौरिन्हो चार पटक इङ्गल्याण्डबाट बर्खास्तीमा परिसकेका छन् । उनले स्काइ स्पोर्टलाई भनेका छन्, ‘ब्रेक र ब्याट्री रिजार्चको जरुरी छैन । म सधै फुटबलमा छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ