arrow

कोरोनाबाट कोहलपुरका थप दुई जनाको मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
corona-killed-final.jpg

नेपालगन्ज । बाँकेमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर नगरपालिका वडा नम्बर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । 

३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । तर, उनको रिपोर्ट भने सोमबार रातिमात्र पोजेटिभ आएको थियो । स्वास्थ्य समस्या आएपछि उनी सोमबार बिहान उपचारका लागि भर्ना भएकी थिइन् ।

यस्तै सोमबार राति मृत्यु भएका ७७ वर्षीय कोरोना संक्रमित पुरुषको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि सोमबार बिहान मेडिकल कलेज ल्याइएको थियो । स्वाब दिएर घर लगिएपछि साँझ रिपोर्ट पोजिटिभ आएको थियो ।

राति नै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा अस्पतालको गेटैमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणका कारण बाँकेका ६३ जनाको मृत्यु भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ